पोर्तुगलका नेपालीहरुको फातिमा बुध्दपार्क ऐतिहासिकस्थानको भ्रमणयात्राका झलकहरु @इन्द्रेणी२०१४ jalad

  • há 10 anos
पोर्तुगलका नेपालीहरुको फातिमा बुध्दपार्क ऐतिहासिकस्थानको भ्रमणयात्राका झलकहरु @इन्द्रेणी२०१४
*********
यस यात्रामा सहभागी हुने सम्पूर्ण भ्रमण यात्रीलाई हार्दिक धन्यबादगर्दछु | बिशेष गरि यो यात्रा दशैको नबदुर्गाकैअबसर पारेर तय गरिएको थियो यो ऐतिहासिकयात्राको लागि बिशेष भूमिका गर्नुहुने हाम्रा मित्रहरु धन्यबादको भागीदार हुनुहुन्छ | यत्रोबर्ष पोर्तुगल रहदा पनि यी ऐतिहासिक स्थान देख्न्पायेका थिएनौं , | आज मसंग मन्जिल र मंजिलकि ममी छिन तर आफ्नो परिवारमा कान्छु मनोजलाई साथ् नपाउदा अलिक दुख लागेको छ | आफ्नो सपरिवार सहित अन्य सामुहिक यात्रामा भ्रमण गर्दाको आनन्द सदाको लागि महत्वपूर्ण भयो | नेपालदेखि आउनुभएका पाहुनासहित ५ स्थानको यात्रा गर्यौं फातिमा बुध्द पार्क आदि स्थानलाई नजिकबाट अबलोकन गर्यौ | सुन्दर लाग्यो इश्बी १२०० तिरका पुरातात्विक भवनले हामीलाई धेरै जानकारी दियो ,रमाइलो गर्दै मनाउदै बस यात्रा बाट २०१४ सेप्टेम्बर ३० को दिनलाई बडोआनन्दित भै बितायौ , | बस यात्रामा बिभिन्न व्यक्तिका प्रस्तुतिले अझै रोनक थपेको थियो | हाम्रा मित्रहरुको सांगीतिक गित संगीत भजन आदिले मन्त्र मुग्द पारेको थियो | दशैका तिहारका शुभकामना दिदै गर्दा हर्ष बिभोर भएका थियौं | बिशेष गरि आल्कान्तारा सन्तोस र अन्य बिभिन्न स्थानबाट आउनुभएका चिनेजानेकै मानिस हुदा सहज नै भयो रमाइलो गर्दै त्यो दिनको यात्राका झलक मध्ये यिनै हुन् | बेलाबेलामा यस्ता कुराले एकापसमा झन् आफसी सम्बन्धमा राम्रो भूमिका खेल्दो रहेछ | खुला दिलले त्यो दिनको यात्रा अति नै मनोरम र सम्झनायोग्य भैरह्यो | बडो सहज र सुपथ खर्चमा हामीले बसयात्राको भ्रमण र बिभिन्न ऐतिहासिक स्थानको अबलोकन गर्न समर्थ भयौं
पोर्तुगलका नेपालीहरुको फातिमा बुध्दपार्क ऐतिहासिकस्थानको भ्रमणयात्राका झलकहरु @इन्द्रेणी२०१४
@फोटो तथा भिडियो संकलन
************************
एम ए, जलद /इन्द्रेणी शर्मा
देवचुली १० नवलपरासी
हाल लिस्बोन पोर्तुगल
यो भिडियो हेर्नु भएकोमा धेरैधेरै धन्यबाद कृपया LIKE र subscribe गर्नुहुन अनुरोध गरिन्छ *इन्द्रेणी*

Category

🏖
Travel

Recomendado